फ्रान्समा तातो हावाका कारण एक हजार ५०० को मृत्यु

पेरिस, ५ असोज : अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये अधिकांश जेष्ठ नागरिक रहेको फ्रान्सका स्वास्थ्य मन्त्री अग्नेज बजिनले शुक्रबार जानकारी दिनुभयो ।

यद्यपि तातो हावाका कारण यसबर्ष मृत्यु हुनेहरुको संख्या यसअघि सन् २००३ मा मृत्यु हुनेहरुको भन्दा दश गुणा कम भएको समाचारमा जनाइएको छ ।

त्यतिबेला १५ हजारदेखि २० हजारको बीचमा मृत्यु भएको थियो । उनीहरुमध्ये अधिकांश वृद्धवृद्धा र एकल रहेका थिए ।

अहिलेको तथ्याङ्क अपेक्षाकृत नै भएको अधिकारीहरुको भनाई छ । फ्रान्समा औसत तापक्रम २३.२ डिग्री हुनेगरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.