मस्याङदी नदीमा बस दुर्घटना हुँदा दुईको मृत्यु 

दमौली, ९ चैत : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापार्कमा आज बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । साँझ करिब ६: १५ बजे पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना५ख ४२९४ नंको यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल  मस्याङदी नदीमा खस्दा बसमा सवार दुईजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामबहादुर खत्रीले जानकारी दिनुभयो । घटनामा थुप्रै यात्रु घाइते भएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.