न्यूयोर्क फेडद्वारा वित्तीय बजारमा दैनिक एक खर्ब ५० अर्ब प्रवाह गर्ने 

वाशिङ्टन, २६ फागुन : कोरोनाभाइरसको महामारीको बीचमा एक सुरक्षात्मक कदमको रूपमा दैनिक बजारमा नगदको प्रवाहलाई ५० अर्बबाट १५० अर्ब अमेरिकी डलर बनाउने अमेरिकी फेडरल रिजर्व बैंकको न्यूयोर्क शाखाले सोमबार घोषणा गरेको छ ।

न्यु योर्क फेडले एक विज्ञप्तिमा भनेको छ, “कोरोनाभाइरस समस्याका कारण विश्व अर्थतन्त्र प्रभावित बनिरहेको अवस्थामा अमेरिकी केन्द्रीय बैंकले व्यवसायिक लचिलोपन योजनालाई कार्यान्वयनमा ल्याउन लागेको छ ।”

यस कदमले दैनिक खरिद सम्झौतालाई बढाउँछ । बैंकले दुई साताका लागि ९० अर्ब अमेरिकी डलर यहाँको बजारमा प्रवाह गर्ने पुनः खरिद सम्झौतालाई गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.