ब्राजिलका राष्ट्रपति भारत भ्रमणमा 

नयाँ दिल्ली, १० माघ : ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारो राजकीय भ्रमणका लागि शुक्रबार भारत आइपुग्नुभएको छ ।

भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुग्नुभएको बोल्सोनारोले भारतको चार दिने भ्रमण गर्नुहुने भएको हो ।

उहाँको मुख्य कार्यक्रम भने जनवरी २६ तारिखमा हुने भएको छ । भारतको गणतन्त्र दिवस परेडमा उहाँले प्रमुख अतिथिका रूपमा सहभागीता जनाउनुहुने भएको छ ।

भारतले यस बर्ष ७१औँ गणतन्त्र दिवस मनाउन लागेको छ । दिवसका अवसरमा कला र सांस्कृतिको प्रदर्शन, रीतिरिवाजसम्वन्धी कार्यक्रम, विज्ञान प्रविधिसम्वन्धी प्रदर्शनी, सैनिकहरुको प्रस्तुतिलगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ भने विशेष समारोहको प्रमुख अतिथिका रूपमा बोल्सोनारोलाई निमन्त्रणा गरिएको हो ।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतलाई भेट्ने कार्यक्रम पनि रहेको जनाइएको छ । उहाँहरूबीचमा केही दुई पक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.