ब्रेक्जिट सम्झौतामा हस्ताक्षर गरिएको जानकारी 

ब्रसेल्स, १० माघ : युरोपियन आयोग र युरोपियन काउन्सिलका अध्यक्षहरु अर्थात ब्रसेल्सका दुई शीर्ष अधिकारीहरुले युरोपिन युनियनबाट बेलायतको बहिर्गमन हुने सम्बन्धी ब्रेक्जिट सम्झौतामा शुक्रबार हस्ताक्षर गर्नु भएको छ ।

उर्सुला भोन डर लेन र चाल्स मिचेलले हस्ताक्षर गर्नुभएको सो औपचारिक दस्ताबेज अनुमोदनका लागि अब जनवरी २९ मा बस्ने युरोपेली संसदमा पठाइने भएको छ ।

त्यसपछि अर्को हप्ता बिहिबार इयू सदस्य राष्ट्रहरुका कूटनीतिज्ञहरूले जनवरी ३१ को मध्यरातमा बेलायतको अर्ध बिदाइ सुनिश्चित गरी लिखित रुपमा सम्झौता स्विकृत गर्ने छन ।

एक ट्वीटमा, मिचेलले ‘परिस्थितिहरु अपरिहार्य रूपमा परिवर्तन हुनेछ तर हाम्रो मित्रता कायमै रहनेछ र हामी साझेदार र सहयोगीहरूको रूपमा नयाँ अध्याय सुरू गर्नेछौँ’ भन्नुभएको छ ।

यो सम्झौतामा हस्ताक्षर गरिएको कुरा उहाँले आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराउनुभएको हो ।   

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.