ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विष्फोट

काठमाडौँ, १ माघ : काठमाडौँको नागर्जुन नगरपालिका– १ स्थित डा शोभाकान्त ढकालको घरमा आज साँझ बम विष्फोट भएको छ । ढकाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन् ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार नेत्रविक्रम चन्द समूहले विष्फोट गराएको हो । घटना आज साँझ ७ः१४ मा भएको हो । सो घट्नामा मानवीय क्षति भने भएको छैन ।

विष्फोटबाट झ्यालका सिसा फुटेको छ भने गेट र पार्किङ गरिराखेको गाडीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनको पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.