मोदीद्वारा प्रमुख प्रतिपक्षी काङ्ग्रेसको कडा आलोचना

नयाँ दिल्ली, २८ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गर्नुभएको छ ।

काङ्ग्रेसप्रति बिहीबार निकै आक्रामक देखिनुभएका मोदीले काङ्ग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका खेल्न नसकेको आरोप लगाउनुभयो । आफ्नो दल भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई सम्वोधन गर्दै उहाँले गत चार बर्षमा काङ्ग्रेसले राम्रो प्रतिपक्षीको भूमिका खेल्न असफल भएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री मोदीले काङ्ग्रेसले आफ्नो कार्यकालमा राम्रा काम गर्न नसकेको तर अहिले भइरहेका राम्रा कामहरुको पनि अनावश्यक आलोचना गरेको तर्क गर्नुभयो ।

आउँदो बर्ष सन् २०१९ मा भारतमा आम निर्वाचन हुन लागेकाले प्रधानमन्त्री मोदी विपक्षीप्रति बढी आक्रामक देखिन थाल्नुभएको छ ।

भारतमा आगामी निर्वाचनमा पनि प्रधानमन्त्रीको पार्टी भारतीय जनता पार्टी र प्रमुख विपक्षी दल भारतीय काङ्ग्रेसकाबीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.