अदालतको निर्णयको विषयमा सुकीद्वारा प्रतिरक्षा

हनोई, २८ भदौ : नोबेल शान्ति पुरस्कार विजयी तथा म्यान्मारकी राज्य सल्लाहकार आङ सान सुकीले बेलायती समाचार समिति रोयटर्ससँग आबद्ध दुई पत्रकार जेल परेको विषयमा बिहीबार आफ्नो प्रतिरक्षा गर्नुभएको छ ।

विश्वभरीबाट व्यापक आलोचना भइरहेको समयमा उहाँले म्यान्मार स्वतन्त्र प्रेसको पक्षमा रहेको दाबी गर्नुभयो । नेतृ सुकीले अल्पसङ्ख्यक मुसलमान समुदाय रोहिङ्ग्यामाथि भएको सैनिक कारबाहीलाई अझ राम्रोसँग व्यवस्थापन गर्न सकिने निष्कर्षमा म्यान्मार पुगेको पनि बताउनुभयो ।

उहाँले पक्राउ परेका पत्रकारद्वयमाथि पूर्वाग्रह र नियोजित कारबाही नगरिएको बताउनुभयो । नेतृ सुकीले भन्नुभयो, “पत्रकार भएकै कारण उनीहरु जेलमा परेका होइनन्, उनीहरुले सरकारी गोपनीयता ऐनलाई भङ्ग गरेका कारण अदालतले दोषी ठह¥याएको हो ।”

रखाइन राज्यमा रोहिङ्ग्या मुलमानविरुद्ध भएको सैनिक दमनको समाचार सङ्कलन गर्दा सरकारी गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा ३२ वर्षीय वा लोन र २८ वर्षीया क्या सोए ओेलाई गत हप्ता सात वर्षको जेल सजाय भएको थियो । यी पत्रकारहरुलाई दिइएको जेल सजायको विश्वभरी आलोचना भएको छ ।

तर संयुक्त राष्ट्रसंघलगायत विश्व समूदायले यसैलाई स्वतन्त्र पे्रसको अभिव्यक्तिमाथि हमला भएको संज्ञा दिएका छन् । पत्रकारलाई दिइएको यस सजायको विषयमा सुकीले अत्यन्त चलाखीपूर्वक बचाउ गर्नुभएको छ ।

रायटर्सका यी दुई पत्रकारलाई दिइएको जेल सजायको युरोपियन युनियन र अमेरिकालगायत विश्वजगतले नै आलोचना गरिरहेको छ । साथै संयुक्तराष्ट्र संघलगायत विश्वका कैयौं मानव अधिकार संघसंस्थाले उनीहरुको रिहाइका लागि आग्रहसमेत गरेका छन् ।

म्यानमारको सैनिक सरकारले करिब दुई दशकसम्म घरमै नजरबन्दका राखेका प्रजातन्त्रवादी नेतृ आङ सान सुकी केही वर्षअघि मात्र स्वतन्त्र हुनु भई राज्य सल्लाहकारको रुपमा रहनुभएको छ ।

पत्रकारहरुलाई जेल सजाय गरिएको विषयमा उहाँको मौनताको विषयमा विश्वभर आलोचना भएपछि उहाँको सो भनाइ आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.