सुरक्षा कारबाहीमा १८ को मृत्यु

कन्दाहार, अफगानिस्तान, २८ भदौ : अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले तालिबान आतङ्ककारी लक्षित हवाई कारबाहीमा कम्तीमा १८ जना लडाकू मारिएका र अन्य ११ जना घाइते भएका एक सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

तालिबान आतङ्ककारी लुकेर बसेको आशङ्कामा कन्दाहारको मेवान्द जिल्लाको शाल्घामी र काला–ए–शमिर क्षेत्रमा अफगान सेनाले हवाई कारबाही गरेको थियो । सेनाका प्रवक्ता मोहमद सदेकले सैनिक कारबाहीमा १८ जना तालिबान लडाकू मारिएको पुष्टी गर्नुभयो ।

सरकारको विरोधमा वर्षौंदेखि युद्धरत तालिबान समूहले भने यस विषयमा केही टिप्पणी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.