सम्पत्ति शुद्धीकरणबारे समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, १६ पुस : सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग र प्रहरी प्रधान कार्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

गृहमन्त्री रामबहादुर थापा उपस्थित तथा गृहसचिव प्रेमकुमार राईको रोहवरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईबीच १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीसँगै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पु¥याउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.