हवाई कारबाहीमा एक्काई लडाकू मारिए

काबुल, १२ पुस : अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत शुक्रबार राती तालिबानी लडाकूविरुद्ध भएका हवाई कारबाहीमा परी २१ लडाकू मारिएका अफगान गृह मन्त्रालयले पुष्टि गरेको छ ।

उक्त कारबाहीको क्रममा तालिबानी लडाकूका प्रान्तीय गभर्नर जैन अलाबिदिनसहित २१ लडाकू मारिएका गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीमा परी अन्य पाँच तालिबानी लडाकू घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ ।

जारी वक्तव्यमा लडाकूविरुद्वको खोजी तथा कारबाही अभियान जारी रहेको जानकारी दिइएको छ । सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने वक्तव्यमा केही पनि उल्लेख गरिएको छैन । लाघमान प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने नआएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.