काजकिस्तानमा विमान दुर्घटना, कम्तीमा चौधको मृत्यु

नुर सुल्तान, ११ पुस : काजकिस्तानमा शुक्रबार बिहान भएको विमान दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

काजख एललाईन्सको विमान करिब १ सय जनालाई लिएर उडेको थियो । उडेको केहीबेरमै दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

अलमाटी इन्टरनेशनल विमानस्थलले जारी गरेको वक्तव्यका अनुसार घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

घटनास्थलबाट उद्धार गरिएका मध्ये २० जनालाई अस्पताल भर्ना गरिसकिएको छ भने अरुको खोजी तथा उद्धार भइरहेको छ ।

यस दुर्घटनामा परेका ६० जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ । तिनमध्ये केही बालबालिका पनि छन् ।

विमान अलमाटी शहरबाट राजधानी सहर नुर सुल्तानतर्फ उडेको थियो । स्थानीय समयानुसार बिहान ७ः०५ बजे विमान उडेको र ७.२२ मा दुर्घटना भएको जनाइएको छ ।

उडेको केहीबेरमै विमान दुई तले भवनमा ठोक्किएपनि आगलागी भने नभएको अधिकारीहरुले बताएका छन् । आगो नलागेकाले धेरै यात्रु जिवितै रहेका छन् ।

दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.