होन्डुरस जेलमा कैदीबीच भएको झडपमा कम्तीमा १८ जनाको मृत्यु 

तेगुसिपगाल्पा, होन्डुरस, ५ पुस : होन्डुरसमा कैदीहरूको दुई समूहबीच भएको झडपमा यहाँको एक जेलमा कम्तीमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा कम्तीमा १६ जना अन्य घाइते भएका छन् । घाइतेहरूलाई तेला सहरस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको सरकारी अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार साँझ बन्दगाह सहर तेलामा भडप भएको थियो । झडपमा १७ को जेलभित्र घटनास्थलमा नै मृत्यु भएको र एक अन्यको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनालाई स्थानीय सञ्चारमाध्यमहरूले फरक फरक समूहका कैदीबीच भएको विवादका कारण भएको हिंसात्मक घटना बताएका छन् ।

घटनास्थल अहिले प्रहरीको नियन्त्रणमा आइसकेको र थप सम्भावित आक्रमण हुन नदिन सावधानी अपनाइएको होन्डुरस प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.