झारखण्डको पन्ध निर्वाचन क्षेत्रमा आज निर्वाचन

राँची,  ३० मङ्सिर : भारतको झारखण्ड प्रान्तमा आज सोमबार चौथो चरणको निर्वाचन भएको छ ।

कुल १५ सांसद पदका लागि भएको निर्वाचनमा बिहानैदेखि मतदान भइरहेको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् ।

निर्वाचन आयोगकाअनुसार झारखण्ड प्रान्त अन्तर्गत पर्ने देओघार, गिरीडीघ, बोकारो र धनवाद जिल्लामा मतदान भइरहेको छ ।

ती जिल्लाका मधुपुर, देओघार, बागोडार, जमुना, गाण्डेय, गिरिडिह, डुम्री, बोकारो, चन्डान्कीयारी, सिन्द्री, निर्सा, धनवाद, झरिया, तुन्डी र बाघमारा निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको आयोगले जनाएको छ ।

यस अघि झारखण्डमा तेस्रो चरणको निर्वाचन गत डिसेम्बर १२ तारिख भएको थियो । उक्त समयमा आठ जिल्लाका १७ निर्वाचन क्षेत्रमा निर्वाचन सम्मन्न भएको थियो ।
त्यसैगरी दोस्रो चरणको निर्वाचन गत ७ मा भएको थियो । पहिलो चरणको निर्वाचन नोभेम्बर ३० तारिखका दिन भएको थियो ।

पाँचौ तथा अन्तिम चरणको निर्वाचन यही डिसेम्बर २० तारिखका दिनमा हुने निर्वाचन आयोगले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.