समर्थनका लागि अरबी मुलुकहरूलाई सुडानी नेताको आह्वान

खार्तुम, २६ मङ्सिर : सुडानको सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले आफूलाई सहयोग र समर्थन गर्न अरबी देशहरूलाई आग्रह गर्नुभएको छ ।

उहाँले बिहीबार सबै अरबी मुलुकहरूबाट सहयोग र ऐक्यबद्धताको अपेक्षा गरेको बताउनुभएको हो ।

खार्तुममै आयोजना गरिएको अरब देशहरूको प्रसारण सङ्घ (एएसबीयू)को कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

“हामी सबै दाजुभाइ र साथी हौँ, त्यसैले एकले अर्कालाई सहयोग र समर्थन गर्नुपर्दछ,” उहाँले सम्बोधनका क्रममा भन्नुभयो ।

उहाँले अहिले सुडान गम्भीर मोडमा रहेकाले सबै अरबी मुलुकहरूको समर्थनको खाँचो रहेको पनि बताउनुभयो ।

सुडानमा लामोसमयदेखि अन्दोलन र द्वन्द्व भइरहेको छ । सुडानको सरकारी पक्ष र विद्रोही तथा शसस्त्र समूहहरूका बीचमा वार्ताको प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् ।

यही डिसेम्बर ५ देखि शुरु भएको सङ्घको सम्मेलन १२ तारिखका दिन सकिएको हो । उहाँले यस सङ्घलाई पनि सक्रिय र नेतृत्वदायी भूमीका खेल्न पनि आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.