इराकी प्रधानमन्त्रीद्वारा तनाबग्रस्त बसरा क्षेत्रको अवलोकन

बसरा, इराक, २५ भदौ : इराकी प्रधानमन्त्री हैदर अल–अबादीले तेलका लागि धनी मानिएको दक्षिणी क्षेत्रको भ्रमण गरी केही दिनदेखि तनाग्रस्त बसराको सङ्कट समधानको प्रयास शुरु गर्नुभएको छ ।

सोमबार अवादीले बसराका सरकारी अधिकारीलाई भेटेर यहाँको पहिल्लो स्थितिको जानकारी लिनुभएको छ ।

खानेपानीको अभावमा प्रदुषित खानेपानी खाँदा करिब ३० हजार व्यक्ति विरामी परेर अस्पताल भर्ना गरेको लगायतका समस्या देखाउँदै इराकको विपक्षीहरूको प्रभाव क्षेत्र मानिने बसरा गत साताभर तनावग्रस्त बनेको थियो । सरकारी सुरक्षा फौजले प्रदर्शनमा सहभागीहरूलाई इरानी पक्षले भड्काएको आरोप लगाएको छ ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीचका भडपमा कम्तीमा १२ जना स्थानीय मारिएका थिए भने प्रदर्शनकारीको आक्रोशित जत्थाले सरकारी भवनहरूमा व्यापक आगजनी समेत गरेको थियो ।

यसै बिषयलाई लिएर सरकारले मन्त्री तथा सांसदहरूसँग आकस्मिक छलफल गरी प्रधानमन्त्रीलाई समस्याबारे थप जानकारी लिन दङ्गा प्रभावित क्षेत्रमा जाने सल्लाह दिए अनुसार अवादी दक्षिणमा पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.