बङ्गलादेशमा सवारी दुर्घटनामा परी कम्तीमा १० को मृत्यु

ढाका, ६ मङ्सिर : बङ्गलादेशमा शुक्रबार भएको बस दुर्घटनामा परी कम्तीमा १० यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजधानी ढाकाबाट २७ किलोमिटर टाढा मुन्सिगञ्ज जिल्लामा एउटा माइक्रोबस विपरित दिशाबाट आएको अर्को बससँग ठोक्एिर भएको दुर्घटनामा माइक्रो बसमा सवार १० जनाको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृतले सिन्ह्वालाई बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेकोले थप विवरण प्रहरी अनुसन्धानपछि आउने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.