श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेद्वारा राजिनामाको घोषणा
कोलम्बो, ४ मङ्सिर : श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजिनाको घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिङ्घेले राजिनामा दिनुभएको हो ।
श्रीलङ्का सरकारको सूचना विभागले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले छिट्टै नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षलाई पत्र लेखी पदबाट राजिनामा दिएको जानकारी गराउनुहुनेछ ।
विभागले गोतावाय राजापाक्षलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै राजिनामाको घोषणा गर्नुभएको हो ।
गत शनिबार सम्पन्न निर्वाचनमा राजापाक्षले ६० लाखभन्दा बढी मत ल्याई राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो भने उहाँका प्रतिस्पर्धी प्रेमादासाले ५० लाखभन्दा बढी मत प्राप्त गर्नुभएको थियो ।
विक्रमासिङ्गेको राजिनामापछि राजापाक्षले यसै हप्ताभित्र कामचलाउ सरकारको गठन गर्नुहुने बताइएको छ ।
