मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात

उलान बटोर, २६ कात्तिक : मङ्गोलियाले यस वर्षको १० महिनाको अवधिमा चीनतर्फ कोइला निर्यात गरेर दुई अर्ब ७५ करोड अमेरिकी डलर आम्दानी गरेको छ ।

मङ्गोलियाको भन्सार विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा यस वर्षको जनवरीदेखि अक्टोबर महिनाभित्र करिब तीन करोड २३ लाख टन कोइला निर्यात भएको उल्लेख छ । यो कोइलामध्ये सबैजसो चीनले आयात गरेको विभागले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १४ लाख टन बढी उत्पादन हो ।

कोइला नै मङ्गोलियाको प्रमुख निर्यातयोग्य बस्तु हो, र सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् तीन करोड ६५ लाख टन कोइला निर्यात गरेको थियो ।

मङ्गोलियाले आगामी दिनहरुमा प्रतिवर्ष चार करोड टन कोइला निर्यात गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.