ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजायको फैसला

वासिङ्टन, २३ भदौ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजायको फैसला सुनाइएको छ ।

अमेरिकाको वाशिङटन डीसीस्थित अदालतमा झूट बोलेर गल्ती गरेको बताएका ३१ वर्षीय जर्ज पापाडोपलसलाई जेल सजायको फैसला सुनाइएको हो । शुक्रवार सुनाइएको सजायअनुसार पापाडोपलसले २०० घण्टा समुदायमा सेवा गर्नुपर्ने र साढे नौ हजार डलर पनि तिर्नुपर्ने हुन्छ ।

शिकागोका बासिन्दा पापाडोपलसले सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियान टोलीमा स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम गर्नुभएको थियो ।

मस्कोका आरोपित मध्यस्थकर्तासँगको भेटघाटको समयबारे संघीय अनुसन्धान निकाय झूट बोलेकोमा दोषी पाइएका पापाडोपलसले गत अक्टोबरमा आफ्नो सफाइमा स्पष्टीकरण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.