जापानमा प्लाष्टिक झोलाको प्रयोगमा रोक लगाइने
टोकियो, १५ कात्तिक : वातावरण संरक्षणका लागि जापानका किराना पसल, सुपरमार्केट तथा औषधी पसलमा प्लाष्टिकको झोला प्रयोग गरेवापत अतिरिक्त शुल्क लगाउन सरकारको एक समिति शुक्रबार सहमत भएको छ ।
टोकियो ओलम्पिक्स पूर्वसन्ध्या अर्थात् सन् २०२० को जुलाईदेखि प्लाष्टिक प्रयोगलाई विश्वका अन्य मुलुकमा जस्तै अतिरिक्त शुल्क लिने र प्लाष्टिकको प्रयोगलाई निरूत्साहन गर्ने वातावरणमैत्री कदम जापानले चाल्न लागेको हो ।
तर प्लाष्टिकको झोला प्रयोग गरेवापत तिर्नुपर्ने शुल्क भने खुद्रा व्यापारीहरू आँफैले सहमतिमा तोक्नेगरी समितिले योजना अघि सारेको छ ।
सरकारले उपभोक्तालाई खुद्रा सामान किन्न जाँदा झोला बोकेर जानुपर्ने वानी बसाल्न प्रयास गर्ने र उनीहरूलाई सरकारले प्लाष्टिकको झोलालाई निरूत्साहित गर्नुको कारण बुझाउन जानकारीमुलक अभियानसमेत चलाउने र उनीहरूको जीवनशैलीलाई परिवर्तन गर्ने योजना शुक्रबार सार्वजनिक सरकारी योजनामा छ ।
यसै बर्षको जुनमा जापानको ओसाका शहरमा भएको विश्वका प्रमुख अर्थतन्त्र भएका यूरोपेली संघसहित १९ राष्ट्रहरूको संगठन जी–ट्वन्टी सम्मेलनले समुद्रमा प्लाष्टिकको मात्रालाई कम गर्न गरेको सहमति अनुसार जापानको यो कदम चालेको हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार अमेरिकापछि प्लाष्टिकजन्य फोहोर उत्पादनमा खासगरी जापानको भूमिका बढी रहेको
