ट्यूनिशियाको राष्ट्रपतिका लागि सैयदद्वारा सपथ ग्रहण 

ट्यूनिस, ६ कात्तिक : ट्यूनिशियाका नवनिर्वाचित राष्ट्रपति काइस सैयदद्वारा बुधबार राष्ट्रपतिका रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

राजनीतिक वृत्तमा ख्यातिप्राप्त आफ्ना प्रतिस्पर्धीहरूलाई चकित तुल्याउँदै निर्वाचित बनेका सैयदलाई गत अक्टोबर १३ मा सम्पन्न निर्वाचनबाट बहुमत मिलेको थियो ।

पुरातनवादी विद्वान् सैयदको यस पहिले कुनै राजनीतिक अनुभव नरहे पनि उहाँलाई मुलुकको यूवापुस्ताले अनपेक्षितरूपमा समर्थन दिएका थिए । उहाँले संविधान सभा तथा राज्यका उच्च निकायका सदस्यको उपस्थितिमा सपथ ग्रहण गर्नुभएको हो ।

उहाँले प्रसिद्ध व्यवसायी तथा आफ्ना प्रतिस्पर्धी नाबिल करोइमाथि दोस्रो चरणको निर्वाचनमा खसेको मतको ७२.७१ मत प्रतिशत ल्याई विजय बन्नुभएको थियो भने करोइले २७.२९ मत ल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.