टर्कीको आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट ३ लाख सर्वसाधारण विस्थापित 

बेरूत, ३० असोज : टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियन्त्रित क्षेत्रमा गरेको आक्रमणको कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएको मानव अधिकारवादी संस्थाले जनाएको छ ।

मानव अधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रमी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि तीन लाखभन्दा बढी सर्वसाधारण विस्थापित भइसकेको बताउनुभयो । बाध्य भएर विस्थापित हुने व्यक्तिको सङ्ख्या अझै बढ्नसक्ने पनि उहाँले जानकारी दिनुभयो ।

“विस्थापितले आफन्तसँग सुरक्षित क्षेत्रमा सर्न खोजे पनि उनीहरू बगैँचामा सुतिरहेका छन्,” अब्देल रहमानले भन्नुभयो ।

विस्थापितले विभिन्न ४० विद्यालयमा शरण लिइरहेका उहाँले बताउनुभयो ।

कुर्द समुदायको बाहुल्यता रहेको उत्तर तथा उत्तरपूर्वी सिरियामा टर्कीले यही अक्टोबर ९ तारिखदेखि हमला सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.