मुनका प्रतिनिधिसँग किमको भेटवार्ता

सोल, २० भदौ : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका विषेश दूतले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् ।

विषेश दूतको टोलीले उत्तर कोरियाको एकदिने भ्रमण गरेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । विषेश दूतको टोलीमा पाँच जना सदस्य रहेका थिए । त्यसको नेतृत्व चुङ इउइ योङले गर्नु भएको थियो । चुङ दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार हुनुहुन्छ ।

सो टोलीले दक्षिण कोरियाका राष्ट्रपति मुनले पठाउनु भएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किमलाई हस्तान्तरण गरेको थियो । कोरिया प्रायद्विपको अवस्थासम्बन्धी धारणा आदानप्रदान गर्न पत्राचार गरेको ब्लु हाउसले जनाएको छ । विषेश टोलीको उत्तर कोरिया भ्रमणबारे दक्षिण कोरियाले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने योजना बनाएको छ ।

विषेश टोली र उत्तर कोरियाली नेताबीचको भेटवार्ताले किम र मुनको तेस्रो शिखर वार्ताको आधार तयार पर्ने अपेक्षा गरिएको छ । यस पटकको भेटवार्ताको मुख्य कार्यसूची नै तेस्रो शिखर रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.