दक्षिण कोरियाले एक लाख सेना घटाउने

सोल, २४ असोज : दक्षिण कोरियाले आगामी तीन बर्षभित्रमा सेनाको संख्या तीन लाख घटाउने जनाएको छ ।

देशको जनसङ्ख्या अत्यधिक घटेकाले सेनाको संख्या पनि घटाउन लागिएको सेना प्रमुखले शुक्रबार जानकारी दिनुभएको छ ।

उहाँले सन् २०२२ सम्ममा सेनाको सङ्ख्या घटाउने बताउनुभएको हो । दक्षिण कोरियामा अहिले ४ लाख ६४ हजार सेना रहेकोमा त्यसबाट एक लाख घटाइने भएको उहाँले बताउनुभयो ।

दक्षिण कोरियाको समाचार संस्था होन्याप लेखेको समाचार अनुसार सन् २०२५ सम्ममा सेनाको ३८ डिभिजनबाट ३३ डिभिजन बनाइने छ ।

सवैगरी दक्षिण कोरियाका सुरक्षाकर्मीहरूको सङ्ख्या झण्डै छ लाख रहेको र यो सङ्ख्या उत्तर कोरियाकोभन्दा निकै कम रहेको दक्षिण कोरियाको सन् २०१८ को स्वेतपत्रमा उल्लेख गरिएको थियो ।

विश्लेषकहरुले उत्तर कोरियासँग २० देखि ६० आणविक हतियारहरु रहेको पनि अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.