कंगोमा कार्गो विमान बेपत्ता

किन्सासा, २४ असोज : अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा एउटा कार्गो विमान बेपत्ता भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानमा आठ व्यक्ति पनि सवार थिए ।

कंगोको पूर्वी शहर गोमाबाट बिहीबार उडेको उक्त विमानको ५९ मिनेटपछि एयर ट्राफिकसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो । विमानमा कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीका लागि आवश्यक सरसामान थियो ।

प्राधिकरणले विमानको खोजी कार्य जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.