भारतमा सवारी साधन नदीमा खस्दा १२ जनाको मृत्यु

नयाँ दिल्ली, १८ भदौ : यात्रुहरु बोकेको सवारी साधन नदीमा खसेर भारतमा १२ जनाको मृत्यु भएको छ ।

उत्तराखण्ड प्रदेशमा सोमबार भएको सो दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झण्डै एक सय मिटर माथिबाट नदीमा खसेको हो ।

दुर्घटनामा परेको सवारी साधनमा १५ यात्रु थिए । घाइते तीन जनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई स्थानीयको सहयोगमा घटनास्थलबाट उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.