लिङलिङ आँधीका कारण साढे चार लाख चिनियाँ प्रभावित

बेइजिङ, २३ भदौ : चीनमा सोमबार आएको आँधीबाट चार लाख ५५ हजार भन्दा बढी प्रभावित भएका छन् ।

लिङलिङ नाम दिइएको सो आँधी स्थानीय समय अनुसार सोमबार विहान १० बजेतिर आएको आपत व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

झण्डै १३ बर्षपछि चिलिन, हेइलोङच्याङ र झेच्याङ प्रान्तका जनता आँधीका कारण विस्थापित हुन बाध्य भएका थिए ।

ती प्रान्तका झण्डै २८ हजार स्थानीय बासिन्दा विस्थापित भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

आँधीका कारण ४४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने अरु ४६० भन्दा बढी घर पनि असर परेको छ ।

त्यसैगरी दुई लाख १५ हजार ८ सय हेक्टर जमिनमा रहेको कृषि उपजको नोक्सानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.