सिरियामा ५० विद्रोही मारिए 

दमास्कस, १५ भदौ : अमेरिकी नेतृत्वको सेनाको आक्रमणमा परी सिरियामा कम्तीमा ५० विद्रोही मारिएका छन् ।

विद्रोही कमाण्डरहरुको बैठक भइरहेको ठाउँलाई लक्षित गरेर आक्रमण भएकाले मृत्यु भएकाहरु पनि अधिकांश कमाण्डर नै रहेका छन् ।

देशको उत्तरपश्चिमी प्रान्त इड्लीबमा घटना भएको युद्ध अनुगमनकर्ताहरुले जानकारी दिएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सका अनुसार हुर्रास अल डिन र अन्सार अल तव्हीड समूहको बैठक भएको थियो । यी दुवै समूह अलकायदासँग आबद्ध रहेका समूह हुन् ।

सिरियाली सेनाले गत शुक्रबार युद्धविराम घोषणा गरिसकेको अवस्थामा शनिबार अमेरिकी हवाई आक्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.