चीनमा पूर्व प्राथमिक विद्यालयको सङ्ख्यामा उल्लेख्य वृद्धि

बेइजिङ, ५ भदौ : चीनमा पछिल्लो समय पूर्व प्राथमिक शिक्षाका लागि खोलिएका विद्यालयको सङ्ख्यामा अत्यधिक वृद्धि भएको पाइएको छ ।

शिक्षा मन्त्री चेन बाओशेङले बिहीबार दिएको जानकारी अनुसार देशभरी पूर्व प्राथमिक विद्यालय २ लाख ६७ हजार पुगेका छन् ।

ती विद्यालयहरूमा ४६.५६ मिलियन बालबालिका जाने गर्दछन् भने ४.५३ जना शिक्षक शिक्षिका रहेका छन् । यो तथ्याङ्क सन् २०१८ को अन्त्यतिरको हो ।

सन् २०१० देखिको तथ्याङ्क हेर्दा पूर्व प्राथमिक शिक्षामा संलग्नहरुको संख्या अत्यधिक बढ्दै गएको देखिएको उहाँले बताउनुभयो ।

नेशनल पिपल्स कङ्ग्रेसको स्थायी समितिको एक कार्यक्रममा बोल्दै शिक्षा मन्त्री बाओशेङले पूर्व विद्यालय शिक्षामा बृद्धि हुनु सकारात्मक भएको र त्यसले राम्रा नतिजा दिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.