हवाई कारबाहीमा बीस तालिबानको मृत्यु

मजार इ सरिफ, ५ साउन् : अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा २० जना तालिवान लडाकूको ज्यान गएको छ ।

अफगानिस्तानको हवाई सैन्य बलले सो कारवाही गरेकोे अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ । त्यस क्षेत्रमा तालिवानको वस्ती रहेको सूचनाका आधारमा ती तालिवानमाथि हमला भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त क्षेत्रमा रहेको तालिबानहरुको आश्रयस्थलका साथै उनीहरूका अन्य आवश्यक सामग्रीहरू पनि सो कारबाहीका क्रममा नष्ट गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये बाल्ख पनि तालिबानहरुको सबैभन्दा धेरै तालिबानहरुको प्रभाव रहेको क्षेत्रमा पर्ने गर्दछ । त्यसैले सो क्षेत्रमा अफगान सेनाले बारम्बार सैन्य कारबाही गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.