श्रीलङ्काका राष्ट्रपतिद्धारा नयाँ सेनापति नियुक्त

कोलम्बो, २ भदौ : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गर्नुभएको छ ।

वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उहाँले देशको सैनिक प्रमुखका रुपमा सोमबार नियुक्त गर्नुभएको हो ।

सिल्भाको बढुवाका बारेमा सेनाले वक्तव्य मार्फत् जानकारी गराएको छ । उहाँ श्रीलङ्काको २३औ सेनाप्रमुख हुनु भएको छ ।

सिल्भा भन्दा अगाडि महेश सेनानायके श्रीलङ्काको प्रधान सेनापति हुनुहुन्थ्यो । सिल्भा सन् १९८४ मा सैन्य सेवामा प्रवेश गर्नुभएको थियो ।

प्रधान सेनापतिमा नियुक्त सिल्भाले नयाँ जिम्मेवारी मङ्गलबारदेखि वहन गर्नुहुने भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.