हवाई कारबाहीमा सात लडाकू मारिए

जलालाबाद, २० साउन : अफगानिसतानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तको. शिर्जाद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी भएको एक हवाई कारबाहीमा परी सात लडाकू मारिएका छ ।

प्रान्तीय प्रशासनका प्रवक्ता अत्ताउल्लाह खोगीआनीले सोमबार उक्त जानकारी दिनु भएको छ । यस हवाई कारबाहीमा परी सर्वसाधारण र सुरक्षा अधिकारी कुनै क्षति नभएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

नान्गार्हार प्रान्तमा सक्रिय रहेका तालिबानी लडाकू समूह यस कारबाहीको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.