अन्तर्राष्ट्रिय मुुद्रा कोषको निर्वाचनमा स्पेनी अर्थमन्त्रीले पुनः प्रतिस्पर्धा नगर्ने 

म्याड्रिड, स्पेन, १७ साउन : स्पेनका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने हुनुभएको छ ।

शुक्रबार मन्त्री नाडिया काल्भिनोले आफूले मुद्रा कोषको नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताउनुभएको हो ।

यूरोपेली सरकारहरूले आइएमएफको नेतृत्वका लागि सहमतिमा उचित उम्मेदवार चयन गर्ने तयारीपछि स्पेन पछि हटेको हो । आइएमएफको नेतृत्वमा परम्परागतरूपमा यूरोपेली नेतालाई नै चयन गरिँदै आएको छ ।

स्पेन सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्पेनले आइएमएफको लागि सधैँ इयू सदस्य राष्ट्रबीच साझा उम्मेदवार चयन गर्न चाहने गरेको छ ।”

“यस सन्दर्भमा यस पटक पनि स्पेन सरकार यूरोपेली सहमति निर्माण गर्न सहमत रहनेछ र स्पेनी अर्थमन्त्री काल्भिनोले अर्को चरणमा प्रतिस्पर्धा गर्नुहुने छैन । उहाँले उम्मेदवारी फिर्ता लिनुहुनेछ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.