टर्कीद्वारा असफल राज्य विद्रोहमा सघाएको आरोपमा ४४ प्रहरी पक्राउ

इस्तानवुल, टर्की, ११ साउन : टर्कीको प्रहरीले सन् २०१६ को असफल राज्य विद्रोहमा सघाएको आरोपमा शनिबार देशभरबाट ४४ प्रहरी अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

टर्कीका धर्मगुरू फेतुल्लाह गुलेनको सञ्जालको सहयोगमा गरिएको भनी अङ्कराले आरोप लगाउँदै आएको सन् २०१६ को जुलाई १५ मा भएको उक्त उक्त विद्रोहमा २५० जनाको ज्यान गएको थियो ।

प्रहरीले शनिबार एकै समयमा ३० प्रान्तमा शुरू गरेको अभियानमा ६४ जना शङ्कास्पद अधिकारीलाई खोजी गरिएको र ४४ जना फेला परेको सरकारी अधिकारीलाई उद्धृत गरी टर्कीको अनादोलु समाचार संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.