इरानले अझै पनि आणविक सम्झौतामा प्रतिवद्ध : आइएइए

भियना, अष्ट्रिया, १४ भदौ : इरानमा आर्थिक सङ्कटले देशलाई नै अनिश्चिततातर्फ धकेलिरहँदा पनि अझै आणविक सम्झौताप्रति तेहरान प्रतिवद्ध रहेको संयुक्त राष्ट्रसंघ आणविक मामिला अनुगमनकारी संस्थाले बिहीबार बताएको छ ।

अन्तराष्ट्रिय आणविक उर्जासम्बन्धी निकाय (आइएइए) ले इरानमा गरेको अनुगमनपछि उसले इरान सम्झौताप्रति प्रतिवद्ध रहेको जनाएको हो ।

आइएइएले भनेको छ, “इरानमा देखिएको आर्थिक सङ्कटका बावजुद अझैपनि सन् २०१५ मा अमेरिकासहित विश्व शक्ति राष्ट्रहरूले गरेको संयुक्त बृहद् कार्य योजना (जेसीपिओए) प्रति तेहरान इमान्दार रहेको पाइएको छ ।”

सम्झौताबाट एक हस्ताक्षरकर्ता अमेरिका यही बर्षको मेमा फिर्ता हुने र इरानविरुद्ध पुनः आर्थिक नाकावन्दी लगाउने निर्णयले इरानको मुद्रामा व्यापक गिरावट आएको छ ।

अनुगमनका आवश्यक पर्ने देशका सबै स्थानमा पहुँच पाएको आइएइएले आफ्नो प्रतिवेदनमा जनाएको छ ।

अनुगमनका लागी सक्रिय,समन्वयकारी र समयोचित पहँुच उपलब्ध गराएकोमा उक्त निकायले तेहरानको प्रसंशासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.