ट्युनिसियामा सभामुखलाई अन्तरिम राष्ट्रपति बनाइने

ट्युनिस, ट्युनिसिया, ९ साउन : ट्युनिसियाको सरकारले राष्ट्रपति बेजी काइद एसेब्सीको निधनमा सात दिनसम्म शोक मनाउने घोषणा गरेको छ ।

वयानब्बे बर्षीय राष्ट्रपति एसेब्सीको बिहीबार उपचारका क्रममा निधन भएको हो ।

त्यसैगरी ट्युनिसियाली संसदका सभामुखलाई यहाँको अन्तरिम राष्ट्रपतिका रूपमा बिहीबार नै सपथ खुवाउने तयारी भएको यहाँका उप सभामुखले बताए ।

वहालवाला राष्ट्रपतिको उपचारका क्रममा बिहीबार निधन भएपछि यहाँको संविधानले कल्पना गरेका “दुई विकल्पमध्ये सभामुख मोहमद एन्नासेउरलाई अन्तरिम राष्ट्रपति बनाएर बढीमा ९० दिनसम्ममा निर्वाचन गर्ने विकल्पलाई ट्युनिसियाली संसदले चयन गरेको छ,” उप–सभामुख अब्देलफताह मोउरोउले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.