भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

नयाँ दिल्ली, १४ भदौ : भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ ।

वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.३० भारतीय रूपैयाँ र मुम्बइमा ८५.७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ । त्यसैगरी डिजल राष्ट्रिय राजधानी दिल्लीमा ६९.९३ रूपैयाँ र मुम्बइमा ७४.२४ रूपैयाँ पुगेको छ ।
पेट्रोलका लागि यसअघिको मुल्य भन्दा दिल्लीमा १२ पैसा र मुम्बइमा १३ पैसा बढी तिर्नु पर्ने भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी डिजलमा पनि दिल्ली र कोलकत्तामा १४ पैसा र मुम्बई तथा चेन्नईमा १५ पैसा वृद्धि भएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.