दक्षिण सुडानको सेनाद्वारा समायोजनका लागि सैन्य शिविरलाई निर्देशन 

जुबा, ६ साउन : दक्षिण सुडानको सेनाका प्रमुखले विद्रोही लडाकूसँगको समायोजन प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

उहाँले शान्ति सम्झौता कार्यान्वयनका लागि सहयोग पु¥याउन सरकारी सेना र विद्रोही लडाकू दुवै पक्षलाई समायोजनमा सहभागी हुन निर्देशन दिनु भएको हो ।

दुवै पक्षका गरी झण्डै ८३ हजार जनाको सहभागितामा संयुक्त सेना बनाउने सम्झौता भएको अधिकारीहरुले जनाएका छन् ।

संयुक्त सुरक्षा बोर्डका अध्यक्ष समेत रहनुभएका सेना प्रमुख गाब्रिल जोक रिक माकोलले दिएको निर्देशनमा तोकिएको काम यही जुलाईसम्ममा सम्पन्न गर्न भनिएको छ ।

उहाँले सवै सुरक्षा संस्थाहरुलाई संयुक्त सुरक्षा वोर्डमा सहभागी हुन जुलाई ३१ सम्मको समय तोकिएको र त्यसपछि सहभागी हुन नपाईने स्पष्ट पार्नुभएको छ ।

यसअवधिमा उनीहरुको दर्ता गर्ने, आधारभूत योग्यता परिक्षण गर्ने, निशस्त्रीकरण गर्ने, पुनस्र्थापना गर्ने लगायतका कामहरु गराउने सोमबार जारी निर्देशनमा उल्लेख छ ।

दक्षिण सुडानमा सन् २०१८ को सेप्टेम्बरमा युद्व अन्य गर्नेगरी अन्तिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.