कारबाहीमा परी आठ तालिबान लडाकू मारिए

लासकार घा, अफगानिस्तान, १ साउन : देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ ।

हेलमान्ड प्रान्तको प्रायः अशान्त भइरहने जिल्ला कजाकीमा अफगान सेनाले गरेको हवाई र स्थलगत कारबाहीमा परी आठ लडाकू मारिनुको साथै कैयौ हातहतियार कब्जा गरिएको सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सो स्थानमा तालिाबान लडाकू लुकेर बसेका ३५ भन्दा बढी बासस्थान ध्वस्त भएको बताइएको छ । तर यस कारबाहीको क्रममा सर्वसाधारण नागरिकतर्फ भने कुनै क्षति नभएको जनाइएको छ ।

यस कारबाहीको विषयमा सरकारसँग लडाइ गरिरहेका तालिबान लडाकू समूहले पनि कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.