सेतिदेवी मन्दिरको मुर्ति प्राण प्रतिस्थापन, सहयोगीलाई प्रशंसा पत्र प्रदान

काभ्रे, ३० असार : धुलिखेल नगरपालिका ८ बगैचामा धुलिखेल नगरपालिका र स्थानीयहरुको सहयोगमा सेतिदेवी मन्दिर निर्माण गरिएको छ ।

नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सेतिदेवी मन्दिरको उद्घाटन तथा मुर्ति प्राण प्रतिस्थापन गर्नु भएको थियो । नगर प्रमुख ब्याञ्जुले सेतिदेवी मन्दिरको मुर्ति प्राण प्रतिस्थापन गर्नु भएको थियो । ९ लाख ४४ हजार ८ सय २० रुपैया खर्च भएको उक्त मन्दिरका लागि स्थानीय जनसहभागिता सहित ७ लाख ८३ हजार रुपैया जुटेको थियो । नरपालिका प्रमुख अशोक ब्याञ्जुले उपभोक्ताले तिर्न बाँकी १ लाख ६१ हजार रकम नगरपालिकाले ब्यहोर्ने बताउनु भयो ।

२०५४ सालमा उक्त क्षेत्रमा सामुदायिक भवन निर्माणमा पनि नगरपालिकाले सहयोग गरेको बताउँदै स्थानीय समुदायको आवश्यकता अनुसार विकास निर्माणमा नगरपालिकाले सहयोग गरिरहेको बताउनु भयो । मन्दिर, सामुदायिक भवन, सडक, खानेपानी तथा अन्य पुर्वाधार निर्माणमा नगरपालिकाले सहयोग गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

उपप्रमुख विमला शर्मा चौलागाईले नगरपालिकाले नगरबासिहरुको हितका लागि कार्य गरिरहेको बताउँदै धर्म, संस्कृतिको संरक्षण सँगै स्थानीय पर्वहरुको समेत ब्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको बताउनु भयो । वडा अध्यक्ष निराजन जंगमले वडाका सबै बस्तिहरुमा आवश्यक पूर्वाधार निर्माणको कार्य तिब्र गतिमा भएको बताउँदै विकासमा राजनीति नगर्न स्थानीयहरुलाई अनुरोध गर्नु भयो ।

ध्रुवप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष संगिता हुमागाईले मन्दिर निर्माणका सन्र्दभमा भएका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो भने कोषाध्यक्ष विमल हुमागाईले आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।

समितिमा सचिव नारायणप्रसाद दाहाल, सदस्यहरु रोम प्रसाद न्यौपाने, हरिप्रसाद हुमागाई, देवमाया न्यौपाने रहनु भएको थियो । सोहि अवसरमा मन्दिर निर्माणका लागि सहयोग गर्नेहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.