इजिप्टमा २० जियादी मारिएको दावी

कायरो, १३ भदौ : इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दावी गरेको छ ।

सेनाको पछिल्लो सुरक्षा कारबाही पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको समाचारमा जनाइएको छ । जियादीहरुले लिबियासँगको सीमा क्षेत्रमा अवरोध गरेकाले सेनाले केही दिनदेखि सुरक्षा कारबाही बढाएको सैन्य अधिकारीले जनाएका छन् ।

यस वर्ष चलाइएको सुरक्षा कारबाहीमा परी अहिलेसम्म झण्डै ३०० शङ्कास्पद जियादी र त्यस क्रममा करीब ३५ जना सुरक्षाकर्मी मारिएको सैन्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.