श्रीलङ्काको उच्च सैन्य अधिकारीलाई पक्राउ आदेश

कोलम्बो, १३ भदौ : श्रीलङ्काको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ ।

सन् २००८ देखि २००९ को बीचमा श्रीलङ्काको गृह युद्धको उत्तरार्धतिर एक सैनिक अधिकारीले एघार जनालाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो । सो अभियोगमा मुद्दा चलाइएकोमा प्रमुख सैन्य अधिकारी रविन्द्र विजेगनारत्नेलाई पक्राउ गर्न आदेश दिनुभएको हो । ती ११ जना व्यक्तिलाई अपहरण गरी मार्न लगाएको आरोपमा पक्राउ गर्न उहाँलाई आदेश दिइएको हो ।

श्रीलङ्कामा शसस्त्र विद्रोह गरिरहेका टामिल टाइगरका विरुद्धमा श्रीलङ्काको सेनाले सन् २००८ पछि अन्तिम युद्धको घोषणा गरी सशक्त कारबाही गरेको थियो ।

त्यसैक्रममा सन् २००९ मा ती अपहृत व्यक्तिहरु पनि मारिएको आशङ्का गरिएको छ । कोलम्बोस्थित एक अदालतका न्यायाधीश लङ्का जयरत्नेले सैन्य उच्च अधिकारीलाई पक्राउ आदेश दिनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.