आगलागीबाट चार जनाको मृत्यु

नानचाङ, चीन, २७ असार : चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ ।

चीनको जिङ्सी प्रान्तमा पर्ने सो नगरको आवासीय भवनमा आगलागी भएको र त्यसमा परी ज्यान गुमाउनेमा एकै परिवारका या अरु हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

यहाँका स्थानीय अधिकारीहरुले आगलागीमा परी चार जनाको ज्यान गएको पुष्टि गरेका छन् । तर आगलागीको कारण भने केही बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.