ट्युनिसियालाई विश्व बैंकको सहयोग
ट्युनिस, २४ असार : विश्व बैंकले ट्युनिसियालाई विकेन्द्रीकरण कार्यक्रममा सघाउन २१ लाख अमेरिकी डलर अनुदान दिएको छ ।
उक्त सहयोगसम्बन्धी सम्झौतामा ट्युनिसियाको विकास, लगानी तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयमा हस्ताक्षर भएको ट्युनिस अफ्रिका प्रेसले जनाएको छ ।
विश्व बैंकको यस अनुदानबाट ट्युनिसियामा शक्तिको विकेन्द्रीकरणको प्रक्रियालाई सहयोग पुग्ने बताइएको छ ।
सम्झौता कार्यक्रममा ट्युनिसियाली मन्त्री फ्रान्को मारी नेल्लीले विश्व बैंकको सहयोगलाई सहभागितामूलक कार्यमा खर्च गरिने बताउनुभयो । ट्युनिसियामा हाल केन्द्र, प्रदेश र स्थानीय तहबीच शक्तिको वितरणका विषयमा विस्तृत छलफल भइरहेको छ ।
