बोको हरामविरुद्धमा हजारौ विस्थापितद्वारा प्रदर्शन
कानो, नाइजेरिया, १२ असार : बोको हरामको हिंसाका कारण विस्थापित भएका नाइजेरियाका हजारौँ नागरिकले प्रदर्शन गरेका छन् ।
देशको मैदुगुरीमा बिहीबार खाद्य अभाव र औषधीको अभाव भएको भन्दै सडकमा हजाराँै विस्थापितले प्रदर्शन गरेका हुन् ।
आन्तरिक रुपमा विस्थापित भएका झण्डै चार हजार जनाले राजमार्ग नै बन्द हुनेगरी प्रदर्शन गरेको एएफपीका संवाददाताले प्रत्यक्ष देखेको बताएका छन् ।
बोर्नो प्रदेश अन्तर्गत पर्ने आठ जिल्लाका झण्डै ३३ हजार विस्थापित रहेकोमा उनीहरुले आधारभूत सेवा सुविधा उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको जनाएका छन् ।
“हामीले भोक लाग्दा खान र विरामी हुँदा औषधी पाएका छैनौ,” प्रदर्शनमा सहभागी सानी अबुबाकरले एएफपीसँग भन्नुभयो ।
औषधीको अभावले एक हप्ताको अवधिमा कम्तीमा छ जनाको मृत्यु भएको अर्का विस्थापित लाराबा बुबाले दावी गर्नुभयो । उहाँले अति भएर आफूहरु प्रदर्शनमा उत्रिन बाध्य भएको पनि जानकारी दिनुभयो ।
उहाँका अनुसार खाद्य पदार्थ र औषधी कहाँ, कहिले, कति पाइन्छ भन्ने बारेमा अहिलेसम्म अनिश्चित रहेको छ ।
