पत्रकारलाई धरौटीमा रिहा गर्न आदेश

लागोस, नाइजेरिया, १० असार : आतङ्कवादको आरोपमा हिरासतमा रहँदै आएका नाइजेरियाली पत्रकार जोन्स अविरीलाई शसर्त धरौटीमा रिहा गर्न आदेश भएको मङ्गलबार अदालतका अधिकारीले बताएका छन् ।

नाइजेरियाको चर्चित साप्ताहिक पत्रिकाको सम्पादक तथा प्रकाशक पत्रकार अविरीले धरौटीको शर्त पूरा नगर्दासम्म हिरासत मा नै राख्न पनि अदालतले भनेको छ ।

न्यायाधीस इजिओमा ओयुक्वाको एकल इजलासले सोमबार पत्रकार अविरीविरूद्धको मुद्दामाथि सुनुवाईपछि फैसला दिएकोे हो ।

अबिरीले स्थानीय तेल कम्पनीहरूलाई पत्राचार गरी उनीहरूलाई आक्रमण गर्ने धम्की दिएको आरोप लागेको थियो । जसको उहाँले निरन्तर खण्डन गरिरहनुभएको छ । अविरीले नाइजर डेल्टामा रहेका स्थानीयलाई तेल कम्पनी तथा सरकारले वेवास्था गरेकोमा निरन्तर लेखेका कारण आफूलाई नियन्त्रणमा लिएको दावी गर्नुभएको छ ।

अदालतले अविरीलाई दुई लाख ८२ हजार अमेरिकी डलर बराबरको धरौटी सुनाउँदै यसका लागि ग्यारेन्टी बस्ने जमिनदार उपस्थित गराई धरौटी जम्मा गर्ने शर्तमा रिहा गर्न आदेश दिएको हो । धरौटीका लागि जमिनदारलाई सरकारी अधिकारी समक्ष नल्याउँदासम्म उहाँले हिरासतमा नै बस्नुपर्ने हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.