बङ्गलादेशका प्रधानमन्त्री चीन भ्रमण गर्दै

बेइजिङ, १० असार : बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्नुहुने भएको छ ।

“चिनियाँ प्रधानमन्त्री ली खछ््याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि बेइझिङ आउने कार्यक्रम तय भइसकेको छ,” चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङसुवाङले पत्रकारसँगको नियमित भेटमा मङ्गलबार बताउनुभयो ।

चीनको औपचारिक भ्रमणपूर्व हसिनाले उत्तरपूर्वी चीनको दलियानमा हुने १३ औँ गृष्मकालीन डेभोस फोरममा पनि सहभागिता जनाउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.