पुटिनका आलोचक नाभाल्नीलाई जेल सजायको फैसला

मस्को, ११ भदौ : रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ ।
विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला गरेको हो ।

यसै बर्षको सुरुमा उहाँको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले जेल सजाय तोकेको समाचारमा जनाइएको छ । उहाँकै नेतृत्वमा आयोजना गरिएको अर्को राजनीतिक ¥याली हुन लागेको अघिल्लो दिन उहाँलाई अदालतले यस्तो फैसला सुनाएको हो ।

टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटक पटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताउनुभयो ।

नाभाल्नीलाई शनिबार बेलुका नै मस्कोमा रहेको उहाँको घर बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.