इरानी ‘रक्षा मन्त्रालयका ठेकदार’लाई मृत्युदण्ड 

तेहरान, ७ असार : अमेरिकी गुप्तचर संस्था (सीआइए) लाई सूचना दिएको भन्दै इरानद्वारा ‘रक्षा मन्त्रालयका ठेकदार’लाई मृत्युदण्डको सजाय सुनाएको इरानी समाचार संस्था आइएसएनएले शनिबार जनाएको छ ।

“रक्षा मन्त्रालयको हवाई विभागमा ठेकेदारका रूपमा काम गर्दै आएका जलाल हाजी जावरले सीआइए र अमेरिकी सरकारलाई रक्षाका सूचना पु¥्याएको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएको छ,” इरानी सैनिक स्रोतलाई उद्धृत गरी आइएसएनएको समाचारमा जनाइएको छ ।

तर उक्त समाचार संस्थाले जावरलाई कहिले सजाए सुनाइएको र कसरी मृत्युदण्ड दिइएको भन्नेबारे केही खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.